
काठमाडौँ, कात्तिक २७ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार साँझ बागबजारबाट दुई जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। प्रहरीले गुडी राई र नवीन राईलाई पक्राउ गरेको बताएको छ। उनीहरूले नक्कली परिचय पत्र बनाउन सहयोग गरेको प्रहरीको भनाइ छ।
कार्तिक १३ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए । तर, उनीहरूलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाट डिपोर्ट गरेको थियो ।
नेपालको अध्यागमन विभागले उनीहरूमाथि अनुसन्धान गर्न भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो। त्यसपछि थप तीन जना, हेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। यो सँगै यस घटनामा पक्राउ पर्नेको संख्या ९ पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे