
काठमाडौँ, कात्तिक २७ । हेटौँडामा टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका ११ मा मधेस प्रदेश ०३–००२ ख ०३०० न।को पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर खोली बनाई हावा भर्ने क्रममा टायर पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टायर पसलका साहू भारतको भोजपुर बस्ने महमद ऐजाज रहेको छ ।
टाउकोमा चोट लागेर गम्भिर घाइते भएका मोहम्मद ऐजाजको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । टायर पड्किदा सोही पसलमा काम गर्ने पर्सा जिल्ला धोबिनी गाउँपालिका २ का वर्ष १८ का जाबिर हवारे, हेटौँडा ११ स्मारक बस्ने वर्ष ३९ को देवान लामा, धादिङ जिल्ला धुनिबेशी नगरपालिका २ भञ्ज्याङपोखरीका वर्ष २३ का उत्तम बस्नेत, हेटौँडा ११ नवलपुरका वर्ष ४७ का मोहनलाल दुलाल र अर्को ट्याङ्करका चालक धादिङ जिल्ला थाक्रे गाउँपालिका ८ का वर्ष ३८ का लक्ष्मण थापा घाइते भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे