
काठमाडौँ, कात्तिक २७ । अबदेखि श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिने आवश्यकता छैन। दिल्लीस्थित नेपाली दूतावासले सोमबार उक्त सूचना जारी गर्दै भनेको छ कि अब भारतीय विमानस्थल प्रयोग गरेर साउदी अरब, कतार, कुवेत, युएई, ओमान, बहराइन, इराक, लिबिया, र लेबनान जाने नेपाली नागरिकलाई एनओसी लिनु नपर्नेछ। वैदेशिक रोजगार विभाग र श्रम कार्यालयबाट श्रम स्वीकृति लिएका नागरिकलाई भने एनओसी आवश्यक छैन।
दूतावासले कूटनीतिक, आधिकारिक, सेवा राहदानी धारक, युएनएलपी भएका नागरिक र १६ वर्ष मुनिका नाबालिगलाई पनि एनओसी बिना यात्रा गर्न मिल्ने बताएको छ। अमेरिका, बेलायत र सेन्जेन मुलुकका भिसा भएका नेपालीलाई पनि एनओसी नचाहिने भएको छ।
भारतको त्रिभुवन विमानस्थल १० घण्टा बन्द भएपछि हवाई भाडा वृद्धि भएकोले म्यानपावर कम्पनीले भारतको बाटो प्रयोग गर्न आग्रह गरेको थियो। यस निर्णयले श्रमिकलाई ठूलो राहत पुर्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे