
भक्तपुर-कटुन्जे र दधिकोटको सिमानामा बग्ने घट्टेखोला हालसम्म कञ्चन पानीको रूपमा प्रवाह भइरहेको छ। यस पानीलाई शुद्ध र स्वच्छ राख्न सफल हुन सकिएमा, काज किरिया, जनै पूर्णिमा र तीजका अवसरमा स्नान गर्ने परम्परालाई कायम राख्न सम्भव हुने देखिएको छ।
खोलाको दीर्घकालिक संरक्षणका लागि, त्यसमा फोहोर फाल्ने र ढल मिसाउने गतिविधिहरूलाई रोक्न अत्यावश्यक भएको छ। यसबारे सचेतता फैलाउन र समस्याको समाधानमा समुदायको सक्रियता आवश्यक देखिन्छ।
वातावरण प्रेमीहरूलाई अनुरोध गरिएको छ कि उनीहरूले घट्टेखोलामा ढल मिसाइएको वा फोहोर फालिएको देखेमा तुरुन्तै जानकारी गराउन अनुरोध गरिएको छ।। यसले खोला संरक्षणका लागि तात्कालिक कदम चाल्न सघाउने छ।
सुनपा वडा नं. ४ र ५ का वडा कार्यालयलाई खोला संरक्षणका लागि आवश्यक कदम चाल्न ध्यानाकर्षण गराइएको छ। यसरी खोला स्वच्छ राख्नका लागि सामुदायिक र प्रशासनिक पहललाई सुनिश्चित गरेर, भविष्यमा स्वस्थ र शुद्ध पानीको प्रवाह कायम राख्नका लागि प्रयास गरिनु आवश्यक देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे