
काठमाडौँ , ५ भदौ | काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ । बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।
ब्युरोले कार्यसमिति बैठकका निर्णय, लेटरप्याड र कम्युटर बरामद गरेको छ । नेपाल संगीत उद्योग संघका पदाधीकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सुचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान सुुरु गरेको छ ।
नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ । ब्यूरोका प्रमुख एसएसपी ओम रानाले भने , विदेश पठाउन कागजात मिलाइदिने गरेको भन्ने समाचारहरू आएपछि वास्तविकता पत्ता लगाउन हाम्रो टोली पुगेको थियो,’ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे