
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा २ हजार ३ सय रुपैयाँले घटेको जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ७ सय र तेजाबी सुन १ लाख ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपियाँले घटेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे