
काठमाडौँ १८ साउन -राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री एवं प्रवक्ता डा।मुलुक ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनका लागी पार्टीको आन्तरिक जीवनमा सङ्घर्ष उद्घोष गर्ने बित्तिकै मलाई रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढङ्गले छापामार शैलीमा निष्कासन गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् , ‘मलाई आफैँले बनाएको पार्टीबाट क्लबले अवैधानिक ढङ्गबाट निष्कासन गरेपछि हाल म निर्वाचन आयोगमा न्याय निरूपणका लागी पुगेको छु । प्रचण्ड र ओलीसँग ऊ आफू मिल्ने, देउवासँग प्रधानमन्त्रीका लागी भित्रभित्रै बार्गेनिङ आफू गर्ने तर उल्टै काङ्ग्रेस(एमाले(माओवादीबाट परिचालित भनेर आरोप चैँ ममाथि लगाएका छन् । अझ केही झुन्डहरू परिचालित गरेर मलाई आफैँले स्थापना गरेको पार्टीविरुद्ध परिचालित भयो भन्ने भाष्य सिर्जना गर्न लागिपरेका छन् । म लक्ष्मण बनेर आफ्नो कर्तव्य पुरा गरिरहेको थिए, तर उनी आफैँ रावण बने र मलाई उल्टै विभीषण बनेको आरोप लगाए ।’
उनले प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा भएको तर आफूले बोलेको कुराहरू एक शब्द झुटो नबोलेको बताएका छन् । यसका लागि आफू जुनसुकै परीक्षण दिन पनि तयार रहेको उनको भनाइ थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे