
काठमाडौँ , १६ साउन | काठमाडौंको बल्खु पुलमुनी एक जना पुरूषको शव फेला परेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो रहेका छन् ।
बुधबार बिहान साढे ७ बजेतिर उनको शव बल्खु पुलमुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
महतोको शव प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निकालेको छ।मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे