
काठमाडौँ ,साउन १४ । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । ग१क ६२१९ नम्बरको बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ ।
बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी ३० जना सवार थिए । घाइते मध्ये १४ जनाको गण्डकी मेडिकल कलेज पृथ्वीचोक, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य २ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही विद्यार्थीको अवस्था गम्भीर रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे