
काठमाडौँ , ११ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । यसअघि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको थियो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।
पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल सापकोटाले बताए । सङ्क्रमणकालीन न्याय ९टीआरसी०को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक बस्ने भएकाले माओवादी पदाधिकारी बैठक सारिएको कार्यालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे