
काठमाडौँ , १० साउन | राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले उपसभामुख इन्दिरा राना मगरले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको बताएको छ। बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले उपसभामुखको पत्रको आशय पनि गलत नभएको र कसैले लाभ पनि नपाएको बताएको छ ।
कार्यवाहक प्रवक्ता मनीष झाले उपसभामुखले भिषाको मिति सार्न गरेको सिफारिस अमेरिकी दूतावासमा दर्ता नभएको दाबी समेत गरे। कार्यवाहक प्रवक्ता मनिष झाले आशंका गरिए जस्तो आर्थिक चलखेल पनि नभएको दाबी गरे ।
उनले अभियोग लगाइए अनुसार कतै पनि आर्थिक चलखेल नभएको बताए । उनले भने, ‘ हामीले बुझ्यौं, आफ्नो स्रोतबाट। अमेरिकी दूतावासमा दर्ता पनि नभएको रहेछ। सिफारिस अनुसारको सुविधा नपाएको रहेछ। पत्र पनि कतै पनि नगएको,अभियोग लगाइएअनुसार कतै पनि आर्थिक चलखेल नभएको पाइयो।’ उनले संवैधानिक परिषद्मा बहुमत पुर्याउन १८ महिना पुरानो पत्र लिक गरिएको आरोप समेत लगाए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे