
काठमाडौँ , १० साउन | पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ ।
विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलले सूचीमा राख्ने तयारी गरेको हो।
अनुगमन कार्यालयले आज सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ। सात दिनभित्र समेत लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे