
काठमाडौँ , १० साउन | राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची रहेको छ ।
बैठक अहिले बिहान ११ बजे बस्दैछ । आजको बैठकमा इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुनसक्ने सम्भावना रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे