
काठमाडौं, ७ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाइ एक लाख ५० हजार रुपियाँ नगद र चार लाख ५० हजारको चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो
औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।
उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास रुपैयाँ र चार लाख पचास हजार रुपैयाँको चेक समेत रहेको अख्तियारले जनाएको छ । कोइरालामाथि थप अनुसन्धान भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे