
काठमाडौँ, ७ साउन ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिभिन्न प्रविधी तथा प्रणालीलाई प्रयोगमा ल्याईरहेको बताउनु भएको छ ।
सुक्रबार राजधानीमा शैक्षिक श्रोत विकास केन्द्र नेपालको आयोजनामा जर्मन नेपाल सहयोग संघको सहयोगमा पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समन्वयमा भएको एक तालिमको उद्घाटन गर्दै शर्माले नयाँ प्रविधीको प्रयोगबाट नेपालको शैक्षिक क्षेत्रमा आमुल परिवर्तन ल्याउन सक्ने बताउनु भयो ।
जर्मन नेपाल सहयोग संघको सहयोगमा शैक्षिक श्रोत विकास केन्द्रले तयार पारेको डिजिटल पद्धतीबाट अध्ययन अध्यापन गराउने डिजिटल ट्याब्लेट पनि उहाँले बिभिन्न बिद्यालयका प्रधानअध्यापकहरूलाई हस्तान्तरण गर्नुभयो ।
डिजिटल ट्याब्लेट हस्तान्तरण गरेर शिक्षकहरूलाई त्यसलाई चलाउने तरिका सिकाउन तथा प्रभावकारी सिकाईको क्षमता विकासका लागि २ दिने तालिमको आयोजना गरिएको जर्मन नेपाल सहयोग संघका कार्यक्रम संयोजक चन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।
काभ्रे, सिन्धुपाल्चोक र धादिङ जिल्लाका बिद्यालयमा डिजिटल प्रविधी मार्फत गरिरहेको सिकाईलाई देशैभरि पुराउनु पर्ने देखिन्छ कार्यक्रममा सहभागि शिक्षकहरूले बताउनुभयो । कार्यक्रममा बिभिन्न बिद्यालयका प्रधानअध्यापकहरूलाई ५० वटा डिजिटल ट्याब्लेट हस्तान्तरण गरिएको थियो ।
डिजिटल उपकरण उपलब्ध गराउँदै निम्न आर्थिक स्तर भएका नागरिकलाई शिक्षाको मूलधारमा ल्याउनु राज्यको दायित्व भएकाले त्यसलाई पुरा गराउनको लागि आफुहरुले काम गरिरहेको शैक्षिक श्रोत विकास केन्द्र नेपालका अध्यक्ष क्षितिज प्रसाईले बताउनुभयो ।
जर्मन नेपाल सहयोग संघका राष्ट्रिय निर्देशक केदार बहादुर तामांङले कोभिड १९ को महामारीदेखी शिक्षाको क्षेत्रमा डिजिटल प्रविधीको विकासमा महत्वपूर्ण काम भएको बताउनु भयो, उहाँले त्यसमा पाठ्यक्रम विकास केन्द्रले गरेको समन्वयकारी भूमिकाको पनि प्रशंसा गर्नुभयो ।
नेपालको शिक्षालाई प्रविधीमैत्री बनाउन आफुहरूले प्रयत्न गरिरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । शिक्षाको आधुनिकीकरणका लागि डिजिटल प्रविधीको भरपुर प्रयोग गर्नुपर्ने शैक्षिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक भिम प्रसाद पोखरेलले बताउनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे