
काठमाडौं, ६ साउन | बुढानिलकण्ठ नगरपालिका-११ खरिबोट प्रगति चोक डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-६ घर भएका ७२ वर्षीय रमेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ५ सय रूपैयाँ, ६ बुक तास र ३७ थान क्वाईन सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे