
काठमाडौँ , ६ साउन | राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र लेखे पनि आर्थिक लेनदेन नभएको बताएको छ । प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ । रास्वपाले आज बिहान एक विज्ञप्ति जारी गर्दै यीस्तो अभिव्यक्ति दिएको हो ।
विभिन्न सञ्चार माध्यममा उपसभामुख रानामगरको पत्रबारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको र सोबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएको विज्ञप्तिमा उल्लेख रहेको छ । भिसा अन्तर्वार्ताका लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ ।
सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डिपी अर्यालले गरेको अडियो रेकर्डिङ सुरक्षित रहेको पार्टीका कार्यवाहक प्रवक्ता मनिस झाले बताए।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे