
काठमाडौँ, २ साउन । शेयर बजार आज पनि उच्च अङ्कले बढेर २६ महिना यताकै उच्च विन्दुमा पुगेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ०४ अङ्कले बढेर २ हजार ३६४ दशमलव ६३ विन्दुमा पुगेको छ । यसअघि २०७९ साल वैशाख २८ गते नेप्से २ हजार ३६९ विन्दुमा पुगेको थियो ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
यसदिन सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच वटा कम्पनीका शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिटिजन्स म्युचल फन्ड–२ को शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे