
काठमाडौँ, साउन २ | सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले काम शुरु गरेको छ । गत असार २८ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा आएको पहिरोमा परि २ वटा बससहित यात्रुहरु बगाएको थियो । उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठन भएको कार्यदलले काम थालेको हो ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित कार्यदलमा नेपाल प्रहरीका एसएसपी भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका एएसएसपी, विपद् प्राधिकरणका उपसचिव, यातायात व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।
कार्यदलले घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासन लगायतसँग छलफल गरी प्रतिवेदन तयार पार्ने जनाएको छ । कार्यदललाई १० दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ । बसमा रहेका ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका छन् । अहिलेसम्म १७ जनाको शव फेला परेको छ भने अन्य यात्रु र दुबै बसको अवस्था अज्ञात रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे