
काठमाडौं, १६ असार । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुनेछ भने आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गरिनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
यस्तै “राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रश्ताव प्रश्तुत गरिने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गरिनेछ ।त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे