
काठमाडौँ , १३ असार | आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १।१५ बजे बस्दै छ ।
प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेलले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबाहदुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७८ माथि छलफल प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।
यसैगरि राष्ट्रिय सभाको बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउने र राष्ट्रिय सभाका सचिवले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे