
काठमाडौँ, असार ११। सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीविरूद्ध परेको रिट सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, अब्दुल अजीज मुसलमानको इजलासले रिट खारेज गरेको हो। रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको छ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। माओवादीले सरकार छाडेको ३० दिनसम्म विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री पदमुक्त भएको भएको भन्दै गत वैशाख २६ मा नयाँ सरकार गठन आह्वान गरेका थिए । कार्की् पदमुक्त भएपछि सोही उपधारा अनुसार २७ वैशाखमा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे