
काठमाडौं,असार ७ गते ।विगत लामो समय देखि क्यानडा बेस गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको क्यान कन्सल्टींग सर्भिसेसले, आफ्नो संस्थाको ब्रान्ड एम्बेस्डरको रूपमा चर्चित मिडिया पर्सनालिटी तथा एक्टर सन्जय सिलवाल गुप्तालाई नियुक्त गरेको छ ।
नवनियुक्त ब्राण्ड एम्बेस्डर गुप्तालाई आईतबार क्यान परिसरमा स्वागत गर्दै संस्थाका सिइओ हरि खत्रीले, क्यानले आफनो स्थापनाकाल देखि नै क्यानडा शैक्षिक गन्तव्य केन्द्रीत रहेको क्यानडाका उत्कृष्ट शैक्षिक संस्थानलाई प्रवर्धन गर्दै आइरहेको र आफनो संस्थाको ब्राण्ड एम्बेस्डरको रूपमा सञ्जय सिलवाल गुप्तालाई स्वागत गर्न पाउदा संस्थाको छवि आगामी दिनमा अझ उच्च हुने विश्वास व्यक्त गर्नु भयो ।
त्यस्तै सो अवसरमा आफनो धारणा राख्दै नवनियुक्त ब्राण्ड एम्बेस्डर गुप्ताले क्यान कन्सल्टींग जस्तो गुणस्तरीय तथा टेर्सटेट शैक्षिक परामर्श संस्था संग जोडिने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नु भयो ।
क्यान कन्सल्टींग सर्भिसेसले विगत लामो समय देखि क्यानडा बेस गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे