
काठमाडौं,असार ७ गते ।बिज् इन्फरमेसन सेसन युसिए, बिज एजुकेसनले स्टडी इन युके प्रोग्राम अन्तर्गत युके बेस इन्फरमेसन सेसन सम्पन्न गरेको छ ।
युनिभर्सिटी अफ क्रियटीभ आर्टस्का नेपाल, श्रीलंका कन्ट्री म्यानेजर मोहित सेगालको उपस्थितीमा, युनिभर्सिटी उपलब्ध कोर्स, फयासीलीटीज, स्कलर सिप, अप्लाई प्रोसेस तथा अध्ययन पश्चात्को विभिन्न अवसरहरूको बारेमा उपस्थिति विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गरिएको थियो ।
विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा उनीहरूले युकेको उत्कृष्ट कलेजको बारेमा बुझने अवसर प्रदान गरेकोमा बिज एजुकेसनलाई धन्यवाद व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा बिज एजुकेसनले सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे