
काठमाडौं,असार ७ गते ।हब इन्टरनेसनल एजुकेसनले एक दिने आईएलटिएस, पिटिइ वर्कसप सम्पन्न गरेको छ ।
जुन १३ तारिकका दिन आयोजना गरिएको उक्त वर्कसपमा ब्रिटिस काउन्सिल र पिटिइ पिअर्सनका प्रतिनिधिहरूको उपस्थितिमा विद्यार्थीहरूलाई महत्वपुर्ण जानकारीहरू प्रदान गरिएको थियो ।
सेसनमा पिअर्सन पिटीइका बिजिनेस डेभलपमेन्ट कन्सल्टेन्ट नेपाल भुटान प्रतिनिधि सुमन कृष्ण श्रेष्ठले पिटीइको बारेमा विभिन्न जानकारी दिदै पिटीइमा सफल हुन विभिन्न टिप्सहरू प्रदान गर्नु भएको थियो ।
त्यस्तै ब्रिटिस काउन्सीलींकि टेस्ट डे एडमिनिस्ट्रेटर समृद्धि श्रेष्ठले आई इ एल टि एस को बारेमा महत्वपुर्ण जानकारी दिदै आई इ एल टि एस परीक्षा दिदा ध्यान पुराउनु पर्ने विभिन्न पक्ष तथा टिप्सहरु प्रदान गर्नु भएको थियो ।
आईएलटिएस, पिटिइ वर्कसपमा विद्यार्थीहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे