
काठमाडौं,असार ७ गते । क्यान कन्सल्टींग सर्भिसेसले क्यानाडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै एक इन्फरमेसन सेसन सम्पन्न गरेको छ ।
आफनै कार्यालय परिसरमा आयोजना गरिएको उक्त इन्फरमेसन सेसनमा क्यानडामा रहेको सेन्टेनियल कलेजको बारेमा विद्यार्थीहरूलाई महत्वपुर्ण जानकारी गराउने हेतुले कलेजका प्रतिनिधि सत्यनारायण सिभारमनको उपस्थितीमा उपलब्ध कोर्स, फ्यासीलिटीज, फी स्ट्रक्चर, अप्लाइ प्रोसेस तथा अध्ययन पश्चात्को विभिन्न अवसरहरूको बारेमा विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले आफुहरूमा क्यानडा सम्बन्धी रहेको विभिन्न जिज्ञासाहरूको समाधान भएको भन्दै क्यान कन्सल्टींग सर्भिसेसलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको मा क्यान कन्सल्टींग सर्भिसेसले सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे