
काठमाडौँ ,५ असार | प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको निस्शुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।
उनले भने , ‘बालेनजी, यहीँको मेयरले सिकाएको छ, काम भएन भने त्यही फोहोर थुपार्ने हो। उहाँले नै सडक विभागअघि फोहोर थुपारेको छ ,तमाम कवाडी संघलाई आग्रह गर्न चाहन्छु , सबै फोहोर महानगरपालिका र बालेन शाहको घरअगाडि थुपारौं, त्यसका लागि हामी साथमा छौं।
’ कवाडी व्यवसायीहरू माथि प्रहरीले लाठीचार्ज गरेको र ट्रमा सेन्टरमा उपचार भइरहेको त्यसैले घाइतेहरूको नि : शुल्क उपचार गर्न सरकारसँग उनले माग गरे ।
काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीहरूमाथि धरपकड गरेको भन्दै कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे