
काठमाडौँ, असार ४ ।नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्न सरकारलाई दबाब दिएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका महामन्त्री शर्माले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले ऐन कार्यान्वयनमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराए । प्रावधानले श्रमिकको हालको ज्याला १७ हजार तीनसय मध्ये कोषमा श्रमिकले २२०४ रुपैयाँ जम्मा गर्नुपर्ने, सो मध्ये सरकारले एक हजार १४ रुपैयाँ योगदान गर्नुपर्छ र श्रमिकले ११ सय ९० रुपैयाँ जम्मा गर्नुपर्ने तर त्यसका लागि सरकारले रकम जम्मा गरेको उनले बताए ।
उनले भने , नेपालका सबैखाले ट्रेड युनियनसँग संवाद गरिराखेर, सरोकारवालाहरुसँग सम्वाद गरिराखेर, इनार सफा गर्दागर्दै मर्नु नपर्ने यो देशमा अवस्था बनाउनका लागि सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।’ वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा ३२ वर्षका विद्याप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेलको उपचारका क्रममा मृत्यु भएको थियो ।
श्रमिकको बिमा र राहत दिने व्यवस्था पनि नभएकाले महामन्त्री शर्माले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे