
काठमाडौँ, जेठ २७। शुल्क वृद्धिको विरोधमा आन्दोलनमा रहेका विद्यार्थीले विराटनगरमा एउटा सरकारी गाडीमा आइतबार आगजनी गरेका छन् । विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा आगो लगाएर जलाइदिएका छन् ।
विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसनजिक कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् । केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेपछि ६ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् । गत शुक्रबार संस्थागत विद्यालयले गरेको शुल्क वृद्धिको विरोधमा आन्दोलन गर्दा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । विद्यार्थीलाई रिहाइ गर्न माग गर्दै विराटनगरको रोडशेष चोकमा चक्काजाम गर्न हिडेका विद्यार्थीले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे