
काठमाडौं, २३ जेठ। सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठन विरुद्ध दायर भएको रिटमा सुनुवाइ आज सुनुवाइ हुँदैछ । कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध कांग्रेसका नेता केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा कोशी प्रदेश सरकार गठन विरुद्ध दायर रिटमा सुनुवाइ हुन लागेको हो ।
यसअघि १६ जेठमा मनोजकुमार शर्मा र शारङ्ग सुवेदीको इजलासमा परेपनि हेर्न नभ्याइनेमा परेको थियो । कार्की लेकद्वारा दायर रिटमा नेपालको संविधानको धारा १३३ ९२० ९३० बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख डम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, सङ्कल्प प्रस्तावक समर्थकहरू गणेशप्रसाद उप्रेती र किशोर चन्द्र दलाललाई विपक्षी बनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे