• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख ११, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१0 घण्टा अघि
२

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१0 घण्टा अघि
३

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१0 घण्टा अघि
४

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१२ घण्टा अघि
५

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१३ घण्टा अघि
६

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१३ घण्टा अघि
७

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

१४ घण्टा अघि
८

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

१४ घण्टा अघि
९

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

१५ घण्टा अघि
१०

श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना

१६ घण्टा अघि
११

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

१६ घण्टा अघि
१२

सुकुम्बासी हटाउने कदमप्रति हर्क साम्पाङको आपत्ति

१७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
राससप्रकाशित मिति: २०७८ मंसिर १०, शुक्रबार (४ साल अघि)

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले कर तिरेर रु एक करोड ९२ लाख कमाएको कम्पनीका महाप्रबन्धकको जानकारी

Herbs & Processing Pvt. Ltd.

  • 7,076 Views
  • काठमाडौं ।  चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्ष यतादेखि नाफा कमाउन सफल भएको छ । विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५–७६ देखि नाफा कमाउन थालेको हो । यस कम्पनीले पहिलो पटकको नाफामा कर तिरेर रु एक करोड ९२ लाख कमाएको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । त्यसको अर्को वर्ष अर्थात् आव २०७६–७७ मा यस कम्पनीले रु एक करोड २२ लाख नाफा कमाएको थियो ।

    आव २०७७–७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा छ । सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये यही कम्पनीनै नाफामा रहेको एकमात्र संस्था हो । अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थानसम्बन्धी प्रगति प्रतिवेदनमा पनि यो उल्लेख गरिएको छ । कम्पनीले आव २०७६–७७ देखि शेयरधनीलाई लाभांश बाँड्न थालेको छ । गत आवको लेखापरीक्षण सम्पन्न भएपछि सर्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारीमा पनि कम्पनी लागेको छ ।

    हाल सरकारी निकायमात्र कम्पनीको शेयर सदस्य छन् । वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको शेयर सदस्यका रूपमा रहेका छन् । सर्वसाधारणलाई पनि शेयर बिक्री गरेर कम्पनीको पूँजी वृद्धि गरी जडीबुटी उद्योग प्रवर्द्धन गर्ने लक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको छ ।

    नेपालमा दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छन् । वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरेको छ । हाल ३०० वनस्पति व्यापारिक रूपमा प्रयोग भइरहेको छ । यसमध्ये कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको महाप्रबन्धक कार्की बताउँछन् ।

    विश्व बजारमा सुगन्धित तेलको माग वार्षिक १७.२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । सन् २०२७ सम्म वार्षिक ७.५ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ । नेपालले सन् २०१५ मा ५० लाख डलर बराबरको सुगन्धित तेल निर्यात गरेको थियो । यो विश्व बजारको मागको ०.०२ प्रतिशतमात्र हो ।

    “यो तथ्याङ्कलाई हेर्दा नेपालमा जडीबुटीको अथाह सम्भावना रहेको छ, विश्व बजारमा जडिबुटीजन्य तेल तथा वस्तुको माग अत्यधिक छ, यसैले कम्पनीलाई सुगन्धित तेल तथा जडिबुटीजन्य सामग्रीको उत्पादनमा दक्षिण एसियाकै प्रमुख कम्पनीका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम भइरहेको छ, अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित उत्तम अभ्यासलाई दिगो सङ्कलन, खेती, प्रशोधन, उत्पादन र बिक्री वितरणमा लागू गर्दै अधिकतम् रोजगारीको सिर्जना गरी विपन्न तथा निम्न आय भएका नागरिकको सामाजिक–आर्थिक अवस्थालाई उकास्ने काममा अघि बढेको छ”, महाप्रबन्धक कार्कीले भने ।

    उद्देश्य प्राप्तिका लागि कम्पनीलाई गत वर्ष सरकारले लगानीस्वरुप रु १८ करोड दिएको थियो । महाप्रबन्धक कार्कीले कम्पनीको विकास एवं विस्तार तथा संरचनात्मक सुधारका लागि वन तथा वातावरण मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पेश गर्नुभएको व्यापारिक योजनाअनुरुप सो रकम लगानी गर्न प्राप्त भएको हो ।

    रु १० करोड शेयरका रूपमा रु आठ करोड ऋणस्वरुप सरकारले प्रदान गरेको हो । यसबाट कम्पनीको विस्तार तथा विकासका काम भइरहेको जनाइएको छ । मानव संशाधन विनियमावली निर्माण गरी आवश्यक योग्य जनशक्ति आपूर्ति गर्न लागिएको छ । आवश्यक योग्य जनशक्ति पाएर विस्तार एवं विकास भएपछि कम्पनीले वार्षिक रु एक अर्ब बराबर कारोबार गर्ने लक्ष्य राखेको छ ।

    उत्पादन भवन अन्तिम चरणमा

    कम्पनीका जडीबुटीजन्य उत्पादन र यसका संरचनासमेतलाई आधुनिकीकरण र व्यावसायिक बनाउन उत्पादन भवन निर्माण अन्तिम चरणमा पुगेको छ । परम्परागतरूपमा हाते प्रविधिबाट उत्पादन भइरहेका सामग्रीलाई स्वचालित यन्त्रको प्रयोग गरी ‘फिलिङ तथा क्यापिङ’ गरेर उत्पादन बढाइने भएको छ । यसका लागि नयाँ यन्त्र खरिदको प्रक्रिया अघि बढेको छ ।

    नयाँ यन्त्रका माध्यमबाट उत्पादनको लागत घटेर क्षमता वृद्धि हुनेछ । यो भवनभित्र आधुनिक प्रयोगशाला कक्षको निर्माण भइरहेको छ । राम्रो प्रयोगशाला अभ्यासमा आधारित भएर कक्ष निर्माण गर्न लागिएको हो । कम्पनीका उत्पादनको गुणस्तर मापन तथा नियन्त्रणको काम प्रयोगशालाले गर्नेछ ।

    आधुनिक रूपमा दोब्बर सन्चो उत्पादन

    कम्पनीले लोकप्रिय उत्पादन सन्चोलाई आधुनिकतामा प्रवेश गराउने भएको छ । यसै आर्थिक वर्षदेखि ८५ लाख थान सन्चो सिसी उत्पादन तथा बिक्री वितरण गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ । कम्पनीले गत वर्ष पुसमा ४० लाख थान सन्चो सिसी उत्पादन गरी बिक्री गरेको थियो । विसं २०७७ अघि ३० लाख उत्पादन भइरहेको सन्चो नयाँ व्यावसायिक योजनासहित अघि बढेपछि दोब्बर उत्पादन हुन लागेको हो ।

    नेपालको उच्च पहाडी क्षेत्रमा पाइने धसिङ्ग्रे, टिमुरलगायत फरक तेलजन्य वनस्पतिको सम्मिश्रणबाट सन्चो तेल उत्पादन हुन्छ । सन्चो कफ, रुघाखोकी, हाड तथा जोर्नीको दुखाइ आदिमा प्रयोग गरिन्छ । सन्चोबाट यी समस्या समाधान भई प्रयोग गर्नेको सङ्ख्या बढ्ने गरेको छ । कफ, रुघाखोकीलगायत समस्या समाधानका लागि प्रयोग गरिने ‘झण्डु बाम’ वार्षिक रु ५० करोडको भारतबाट आयात हुने गरेको छ । सन्चोजस्ता उत्पादनलाई बढाएर आयात रोक्ने काम गर्ने कम्पनीले जनाएको छ ।

    बागमती प्रदेशसभा सदस्य विशाल खड्का यस्तै प्रकारका उत्पादनको आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादन बढाउन नीति निर्माण तहबाट सहयोग गर्ने उद्देश्यले आफूले कम्पनीको भ्रमण गरेको बताउँछन् । प्रदेशसभा र प्रदेश सरकारका तर्फबाट जडीबुटी उत्पादन एवं प्रशोधनका लागि आवश्यक सहयोगका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।

    कम्पनीले हाल बाराको तामा गढी, मोरङको बेलबारी, सुनसरीको तरहरा, कैलालीको टीकापुरमा व्यावसायिकरूपमा जडीबुटी खेती गरेको छ । यहीँको खेतीबाट अहिले कम्पनीले आफ्ना उत्पादनका लागि कच्चा पदार्थ तयार पार्ने गरेको छ । यी ठाउँमा घाँस उत्पादन गरेर तेल उत्पादन गर्ने र त्यसबाट औषधि बनाउने गरिन्छ । रामेछापमा रहेको कम्पनीको जग्गामा धसिङ्ग्रे प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

    नेपालमा हिमाल, पहाड र तराई तीनवटै फरक भूगोल एवं हावापानीमा पाइने जडीबुटीलाई उपयोग गर्न तीनै तहका सरकारबीच सहकार्यको वातावरण बनाउन पनि कम्पनी लागिपरेको छ । स्थानीय तहसँग आफ्नो भूगोलभित्र कुन–कुन जातका कति थरि वनस्पति पाइन्छ भन्नेसम्मको सूचना नभएकाले सहकार्य गर्ने तयारीमा कम्पनी लागेको हो ।

    नेपालमा पनि कर्णालीलाई जडीबुटीको भण्डार मानिन्छ । कम्पनीले कर्णालीको जडीबुटी क्षेत्रको अध्ययन भ्रमण गरेर त्यसको विकास र विस्तारका लागि मुख्यमन्त्रीसँग पनि वार्ता गरेको छ । अन्य प्रदेश सरकारसँग पनि सहकार्य गरी जडीबुटी उद्योगलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ कम्पनी अघि बढेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १0 घण्टा अघि

  • २

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १0 घण्टा अघि

  • ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १0 घण्टा अघि

  • ४

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १२ घण्टा अघि

  • ५

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    १३ घण्टा अघि

  • ६

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    १३ घण्टा अघि

  • ७

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    १४ घण्टा अघि

  • ८

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु
    १४ घण्टा अघि

  • ९

    थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन
    १५ घण्टा अघि

  • १०

    श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

    नेपाल नक्सा
    २

    भुक्तानी सेवा प्रदायकका लागि निर्देशिका :गोपनीयता तोड्ने र हितविपरीत काम गर्ने सञ्चालकलाई सीधा जिम्मेवार बनाइने

    नेपाल नक्सा
    ३

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    ४

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ५

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ६

    मातातीर्थमा भीड, सामाजिक सञ्जालमा माया अभिव्यक्ति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution