
काठमाडौँ, २५ चैत । एसएमएस त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधि नेपालले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा गुजरात क्लबलाई १८ रनले हराउँदै नोपलले उपाधि चुमेको हो ।
टस जिती पहिले पहिला ब्याटिङ गर्दै नेपालले दिएको १७७ रनको लक्ष्य गुजरातले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रनमा बनाएपछि १८ रनले पराजित भएको हो।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५८ रनमात्र बनाउन सक्यो ।
जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन नेपालका बलर अभिनाष बोहराले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि दुई विकेट हात पारे । कुशल मल्ल र करण केसीले पनि एक(एक विकेट लिए ।
नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन थपे ।
सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले । भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक÷एक विकेट लिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे