
काठमाडौं , ५ चैत । मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।
मधेस प्रदेशको प्रदेश प्रमुखको रुपमा गत बुधबार शपथ ग्रहण गरेकी नवनियुक्त प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गरेकी हुन् ।
सोमबार मात्रै जनकपुरधाम आईपुगेकी प्रदेश प्रमुख भण्डारी पदभार ग्रहण गरेपछि प्रदेश प्रमुखको कार्यभार वहन गर्न सबैको साथ र समन्वय रह्ने विश्वास व्यक्त गरिन् ।
उनले प्रदेश प्रमुखको कार्यभार वहन गर्दा नेपालको संविधान तथा कानूनको परिधिभित्र रहेर काम गर्ने र यसमा सबैको साथ रहने अपेक्षा व्यक्त गरिन् ।
यसअघि नेपाल सरकारले कांग्रेस नजिकका प्रदेश प्रमुखहरुलाई पदबाट बर्खास्त गर्दा मधेस प्रदेशको प्रदेश प्रमुख पदबाट हरिशंकर मिश्र बर्खास्तीमा परेका थिए । उनको बर्खास्तीसंगै भण्डारीलाई मधेसको प्रदेश प्रमुख पदमा नियुक्त गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे