
काठमाडौँ, २३ माघ।लामो समयदेखि नेपाली विधार्थीहरुलाई उत्कृष्ट शैक्षिक गन्तव्यहरुको लागी शैक्षिक परामर्श तथा अन्तराष्ट्रिय भाषा प्रशिक्षण प्रदान गर्दै आईरहेको लेकहेड एजुकेसनले कालीका स्थानमा आफनो नयाँ कार्यालयको समुद्धघाटन कार्यक्रम सम्पन्न गरेको छ ।
फेब्रुअरी ५ तारिकका दिन आयोजना गरिएको उक्त समारोहमा प्रमुख अथितिको रुपमा इक्याका पुर्व अध्यक्ष, प्रकास पाण्डे साथै अथितीको रुपमा विभिन्न संघ संस्था, विश्वविधालय तथा शैक्षिक परामर्श व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
प्रमुख अथिति इक्याका पुर्व अध्यक्ष, प्रकास पाण्डे द्धारा समुद्धघाटन गरिएको उक्त कार्यक्रममा उपस्थिती प्रमुख अथिती तथा अथितिहरुलाई खादा तथा मायाको चिनो प्रदान गर्दै संस्थाका सिइओ एण्ड फाउन्डर विश्वराम नेपालले स्वागत गर्नु भएको थियो ।
समुद्धघाटन समारोहमा बोल्दै प्रमुख अथिति इक्याका पुर्व अध्यक्ष, प्रकास पाण्डे लेकहेड एजुकेसन आफनो स्थापनाकालदेखि नै शैक्षिक परामर्श व्यवसाय क्षेत्रमा आफनो छुट्टै पहिचान बनाएको र आगामि दिनहरुमा अझै गुणस्तरी सेवा सुविधाहरु प्रदान गर्नको लागी सुवेक्षा प्रकट गर्दै सफताको सुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित अथितीहरु तथा विभिन्न संघ संस्था, विश्वविधालयका प्रतिनिधिहरुले लेकहेड एजुकेसनलाई सफलताको सुभकामना व्यक्त गरेका थियो ।
कार्यक्रमको अन्त्यमा लेकहेड एजुकेसनका सिइओ एण्ड फाउन्डर विश्वराम नेपालले संस्थापनाकाल देखिनै आफु र आफनो संस्थाले नेपाली विधार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श तथा तयारी कक्षाहरु प्रदान गर्दै आएको र अब नया कार्याल मार्फत अझै गुणस्तरीय शैक्षिक परामर्श तथा अन्य सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपस्थिती सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे