
काठमाडौँ, ११ माघ ।सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल शैक्षिक परामर्श संघ इक्यान ललितपुर शाखाको संयुक्त आयोजनामा एकदिने इन्फर्मेसन सेसनको सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सिटी एक्सप्रेसको सिटी बालेटका सिइओ बिनय रेग्मीले आफ्नो सेवा, सुविधा र बिदेशमा रहेका विद्यार्थीलाई केन्द्रीत सेवाको बारेमा जानकारी गराउनु भयो।
कार्यक्रममा उपस्थित नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले यस्तो कार्यक्रमले शैक्षिक परामर्श व्यवसायीहरूलाई सहयोग मील्ने धारणा व्यक्त गर्नु भयो।
कार्यक्रममा ललितपुर इक्यानका सचिव सनम महर्जनले कार्यक्रमको महत्व र आवश्यकता माथि प्रकाश पार्दै भविष्यमा पनि यस्ता जानकारी मुलक सेसन आयोजना गरीने घोषणा गर्नु भयो।
ललितपुर इक्यानका अध्यक्ष अर्ब्रीन्द सिंहले ललितपुर इक्यानको निमन्त्रणा लाई स्वीकार गरी उपस्थित सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे