
काठमाडौँ , ७ माघ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जािगर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दावित्तिकै रुसले नमान्ने बताएका छन् ।
युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन ९नाम०को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । दाहालले भने, रुस – युक्रेन युद्धमा रहेकाले अहिले सरकारले भन्दावित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन ।
रूसलाई पत्र पठाइएको र युगान्डामा पनि रूसका उपविदेशमन्त्रीसँग यस बिषयमा कुरा राखेको उनले बताए । रूस सेनामा भर्ती भएकालाई फिर्ता र मारिएकाको विषयमा पनि क्षतिपूर्तिको कुरा गरेको तर सरकारले मात्रै भनेर हुँदैन सबैले व्यापकरूपयमा यस विषयमा कुरा उठाउनु पर्नेमा उनले जोड दिए ।
जहाँ पायो त्यहीँ जागिर नखान साथै अवैध बाटोबाट रुसी सेनामा नजान प्रधानमन्त्री दाहालले आग्रह गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे