
काठमाडौं,४ माघ। भ्रष्टाचार तथा अनियमिता सम्बन्धि परेका उजुरीहरु विश्लेषण, छानबीन तथा अनुसन्धानबाट देखाएका तथ्य तथा बेला बेलामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा गरेका अध्ययन तथा अनुसन्धानहरूका आधारका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार जन्य कायमा आयोगले प्रवृत्ति विश्लेषण गर्र्ने गरेको छ ।
यसैका आधामा नेपालको जिल्लागत विभिन्न निम्न उल्लेखित विषयमा निम्न उल्लेखित सख्यामा उजुरीहरु विश्लेषण, छानबीन फछ्यौट गरेको देखिन्छ ।
आयोगले गरेका कामकारबाहीको आधारमा, भ्रष्टाचार जन्य प्रवृत्ति केलाउँदा सार्वजनिक सम्पत्तिको हिनामिना, हात नोक्सानी वा दुरुपयोग गर्ने, गैरकानुनी लाभ वा हानि, घुस र रिसवत लिने , गैरकानुनी रूपामा सम्पत्ति आर्जन गर्ने जस्ता भ्रष्टाचार जन्य कायहरू अवैधानिकरूपमा हुने गरेको देखिन्छ ।
झुट्टा विवरण पेस गरी सरकारी नियुक्ति बढुवा बा लाभ लिने, राजस्व चुहावट र हानिनोक्सानी गर्र्ने, गैरकानुनी रूपामा सरकारी र सार्वजनिक जग्गा ब्यक्ति नाममा दर्ता गर्ने, सरकारी तथा सार्वजनिक खरिद तथा निमार्णको काम बदनियतपूर्वक गरी व्यक्तिगत लाभ लिने नेपाल सरकारलाई हानि पुर्याउने, गलत लिखत वा प्रतिवेदन बनाउने, कागजात सच्याउने, परिक्षाको गोपनीयका भंग गर्ने, परिणाम फेरबदल गर्नेजस्ता प्रवृत्तिहरू रहेका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे