
काठमाडौँ, १६ पुस । जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन् ।माइतीघर मण्डलामा धोती दिवस मनाउने क्रममा अध्यक्ष राउतसहित पक्राउ परेका छन् ।अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।
टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै भेला भएका सिके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले माइतीघलाई निषेधित घोषण गरेको छ । यस क्षेत्रमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे