
काठमाडौँ, १३ पौष ।भक्तपुर गट्ठाघरमा रहेको बिज एजुकेशन कन्सल्टेन्सीले बजारमा रगतको अभाव हुन नदिन खुल्ला रक्तदान कार्यक्रम आयोजना गरी उक्त कार्यक्रमलाई सम्पन्न गरेको छ।
कार्यक्रममा उल्लेखनिय सहभागिता रहेको थियो।
रगत दान लागी जिबन दान हो भन्दै नेपाल रेडक्रस सोसाइटी दिव्यस्वरी उप शाखाकी सह सचिव ओम कुमारी ढुङ्गेलले जानकारी दिएकी थिईन।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी भक्तपुर दिवयस्वरी ऊप शाखाकी सभापति कुसुम अधिकारीले बेला बेला यस्तै रक्तदान कार्यक्रम गर्दै आएकोमा बिज एजुकेशन कन्सल्टेन्सीलाई धन्यवाद दिदै आफु र दिव्यस्वरी रेडक्रसले प्रदान गर्दै आएको सेवाको बारेमा बताउनु भएको थियो।
कार्यक्रम सफल्तापुर्वक सम्पन्न भएकोमा बिज एजुकेशन कन्सल्टेन्सीकी रोजिना धमलाले सम्पूर्ण सहभागी रक्तदाता साथै नेपाल रेडक्रस सोसाइटी दिव्यस्वरी उप शाखा र बिज टिमलाई धन्यवाद व्यक्त गरेकी थिईन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे