
काठमाडौँ , मङ्सिर १९ । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रले लय समाउन थालेको बताए । उनले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताए ।
नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र रेमिट्यान्स बढेको छ त्यसैल अर्थतन्त्र विस्तारै लयमा फर्कन लागेको बताए । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । उनले भने ,पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् , अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्छ ।
अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताए । भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उनले त्यसको प्रतिफल आउन ढिला भएको पनि बताए ।
‘घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ,’ उनले भने, ‘ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको छ ।’
सञ्चारकर्मीको जिज्ञासामा उनले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताए । उनले भने, “हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे