
काठमाडौं, मङ्सिर १०।आईएजुकेशनलाइज्ले हरेक बर्ष भारतका उत्कृष्ट विश्वविद्यालयहरूलाई नेपालमा ल्याई नेपाली बिध्यालय र कलेज मा साक्षात्कार गराउने, पत्रकार सम्मेलन, प्रिन्सिपल मीट तथा रात्री भोज गराउने गरेको छ।
बद्लीदो शैक्षिक परीबेस र नया पुस्ताका बिध्यार्थीहरूलाई आवश्यक शैक्षिक प्रणालीका बिषयमा बृहत छलफल गरीएको मेगा एजुकेशन कन्क्लेभ २०२३ का बारेमा आईएजुकेशनलाइज् की डाइरेक्टर सिखा गुप्ताले सविस्तार जानकारी गराउनु भयो।
उक्त कन्क्लेभमा एम आइ टी बल्ड पीस युनिभर्सिटी पुने का असोसीयट डीन एक्टर्नल रीलेसन डाक्टर गणेश एम ककडीकर र प्रोग्राम हेड, प्रोफेसर जयदीप ज्यादब ले उपस्थित प्रिन्सिपल र पत्रकारका सामु प्रस्तुती दिनुभएको थियो।
उपस्थित सम्पूर्ण प्रिन्सिपल तथा अतिथिहरूलाई उच्च सम्मान स्वरूप मायाको चिनो समेत प्रदान गरीएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे