
काठमाडौं, २२ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन १२ दिने अमेरिका भ्रमणपछि स्वदेश फर्किएका छन् । प्रवासी नेपाली एकता समाज अमेरिकाको निमन्त्रणमा कार्तिक ९ गते त्यसतर्फ प्रस्थान गरेका लिङ्देन मङ्गलबार राति स्वदेश फर्किएका हुन् ।
अमेरिकामा रहँदा उनले अमेरिकाको टेक्सास, ईन्डियाना, ओहायो, वाशिडंटन डिसी, न्यूयोर्क, बाल्टिमोर लगायतका मुख्य शहरहरूमा ठूलो संख्याका नेपाली समुदाय, पानसका विभिन्न समितिहरूसँग भेटघाट र साक्षात्कार गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष लिङ्देनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत सम्हालेका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष हेमजङ गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूले स्वागत गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे