
काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन भए पार्टी एक नरहने बताएका छन् । प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताए ।
‘गठबन्धन गरेर ०८४ को निर्वाचनमा गए कांग्रेस पार्टी एक रहँदैन । कसैले नसोचे हुन्छ,’ उनले भने, ‘हामी गठबन्धन गरेर अबको चुनावमा जादैनौँ ।’
उनले चुनावपछि मात्र गठबन्धन गर्ने र सरकार जसले चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने बताए । उनले बागमती प्रदेशमा पनि माओवादी नेतृत्वको सरकारलाई नमान्ने भन्दै सांसदहरू आफूकहाँ आएको सुनाए । आफूले सभापतिलाई सोध्नुस् भनेको सुनाए ।
‘बागमती प्रदेशमा माओवादी मान्दिन हामीसँग यति सांसद छन् । सरकार फेर्नु पर्यो भन्दै बिहान आउनुभयो । मैले यसलाई धेरै थाहा छैन सभापति र वरिष्ठ नेताहरूलाई सोध्नुस् भने,’ उनले भने ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे