• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ७, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

२१ घण्टा अघि
२

सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने

१ दिन अघि
३

शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था

१ दिन अघि
४

महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता

१ दिन अघि
५

शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

१ दिन अघि
६

कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध

२ दिन अघि
७

कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए

२ दिन अघि
८

नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित

२ दिन अघि
९

बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ

२ दिन अघि
१०

उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण

२ दिन अघि
११

बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

३ दिन अघि
१२

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० कार्तिक १, बुधबार (२ साल अघि)

काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिने निर्णय

  • 3,479 Views
  • काठमाडौँ,१ कार्तिक। २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । मंगलबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा अध्यक्ष शाहले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी प्रस्ताव राख्न बैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई समय दिनुभएको थियो ।

    महानगरपालिकाको समग्र विकास र व्यवस्थापनका लागि आवश्यक देखिएका कानुन तर्जुमा गर्न लागिएको हो । यसका लागि विभाग र समितिहरुबाट प्रस्ताव आएका हुन । बैठकमा प्रमुख शाहले भन्नुभयो, ‘यी कानुनले महानगरपालिकाका वडादेखि केन्द्रसम्म सबै पदाधिकारी, अधिकारी तथा संयन्त्रको सहभागितालाई सुनिश्चित गर्छ ।’ त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, सैद्धान्तिक सहमति लिएका विषयहरु छलफलका क्रममा एक आपसमा गाभिन सक्ने सम्भावना रहेको पनि बताउनुभयो ।
    बैठकमा विधायन समितिका सदस्य एवं वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले, ८ वटा कार्यविधि स्वीकृत गर्न प्रस्ताव पेश गर्नुभयो । यसरी प्रस्ताव गरिएका कार्यविधिमा ‘विद्यालय शिक्षक दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्यविधि २०८०’, ‘स्रोत शिक्षक नियुक्ति कार्यविधि २०८०’, ‘काठमाडौँ महानगरपालिका, अस्पतालहरुमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने कार्यविधि २०८०’, ‘गौरव तथा स्वर्णिम योजना कार्यविधि २०८०’, ‘टोल विकास संस्था सञ्चालन कार्यविधि २०८०’, ‘श्रम बैङ्क सञ्चालन कार्यविधि २०८०’, ‘मर्मत सम्भार कोष सञ्चालन कार्यविधि २०८०’ र ‘कन्टिजेन्सी सम्बन्धी कार्यविधि २०८०’ हुन् ।

    कार्यविधिमाथि थप छलफल गर्नु पर्ने कार्यपालिका सदस्यहरुबाट सुझाव आएपछि प्रस्तावित कार्यविधि संशोधनसहित पारित गरियो ।

    बैठकले प्रमुख शाहको अध्यक्षतामा ‘काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन २०८०’ निर्देशक समितिलाई अनुमोदन गरेको छ । सहरी योजना आयोगका उपाध्यक्ष सदस्य सचिव रहने समितिको सदस्यहरुमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, सामाजिक समितिका संयोजक रामकुमार के. सी., विज्ञहरु विभुषण विष्ट र नरोत्तम अर्याल हुनुहुन्छ । बैठकले कानुनी सल्लाहकारहरुको म्याद कार्तिक १५ गतेसम्म थप गरेको छ । वडा नं. २९ को कार्यालय भवन र स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनका लागि अनामनगरमा रहेको कित्ता नंं ८, ९ र १० को सरकारी जग्गा महानगरपालिकाको स्वामित्वमा प्राप्त गर्न नेपाल सरकार, मन्त्री परिषदको कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । यस्तै वडा नं. ३० को भवन निर्माण गर्न रामचन्द्र निजी गुठीको जग्गा लिजमा लिएर महानगरपालिकाको नाममा भवन नक्सा पास गरी वडा कार्यालय निर्माण गर्ने निर्णय गरेको छ ।

    वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएपछि रिक्त भएको पूर्वाधार समितिको संयोजकमा वडा नं. १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठलाई र सदस्यमा वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनलाई तोक्ने निर्णय गरेको छ । यस्तै नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई कायममुकायम नगर प्रहरी वरिष्ठ उपरीक्षक तोकेको छ । यस पदका लागि सुशासन समितिले विष्णु जोशी र दिनेशकुमार अर्यालको नाम शिफारिस गरेको थियो ।

    बैठकले वडा नं. ४ धुम्बाराहीको तस्वाः देगः मन्दिर परिसरको निर्माण कार्यको म्याद थपेको छ । यस्तै वडा नं. ११ भद्रकालीदेखि सिंहदरबार सडक किनाराको रेलिङ् निर्माण र वडा नं. ६ रामहिटीमा निर्माणाधीन साहित्य सदनको भेरिएसन र निर्माण कार्यको अवधि थप गर्ने निर्णय गरेको छ ।

    जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन २०७९ को संशोधन प्रस्ताव नगर सभामा लैजाने बैठकबाट भएको अर्को निर्णय हो । यस्तै वडा नं. १९ मा रहेको स्वास्थ्य प्रवर्धन केन्द्रको स्वामित्व ग्रहण गर्ने निर्णय गरेको छ ।

    भदौ १५ गते सापारु र रोपाइँ जात्राका अवसरमा दिइएको सार्वजनिक विदालाई कार्यपालिकाले अनुमोदन गरेको छ । स्व. मुकुन्द रिजालको उपचारमा लागेको खर्च परिवारलाई उपलब्ध गराउने, वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीलाई उपचार खर्च उपलब्ध गराउने, वडा नंं १७ का पूर्व अध्यक्ष बद्रीनारायण मानन्धरलाई उपचारका लागि सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।

    वैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार के. सी., वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, विधायन समितिका सदस्य सरोज ढकालले आफ्ना समितिसँग सम्बन्धित प्रस्ताव पेश गर्नुभएको थियो । विषयहरुमा प्रष्ट पार्न सार्वजनिक निर्माण विभागका प्रमुख राम थापा, स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सहरी योजना आयोगको सचिवालयका प्रमुख कुमारी राईलाई समय दिइएको थियो । यी प्रस्तावहरुमा कार्यपालिका सदस्यहरु न्हुच्छेकाजी महर्जन, ईश्वरमान डंगोल, महेश नेपाली, अनिता कार्की ढोलीले धारणा राख्नुभएको थियो ।

    बैठकबाट कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएका कानुनहरु
    १) राजस्व संकलन तथा लक्ष्य निर्धारण कार्यविधि, २०८०
    २) सेवा प्रवाहको मापदण्ड (एसओपी) स्ट््याण्डर्ड अपरेसन प्रोसिड््युर कार्यविधि, २०८०
    ३) कानुनी सहायता कार्यविधि, २०८०
    ४) सार्वजनिक खरिद मार्गदर्शन, २०८०
    ५) भवन निर्माण कार्यविधि, २०८०
    ६) सहकारी नियमावली, २०८०
    ७) संकटग्रस्त सहकारी व्यवस्थापन कार्यविधि, २०८०
    ८) शिक्षकहरुको सुनौलो अवकाश कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०
    ९) पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन कार्यविधि, २०८०
    १०) शैक्षिक परामर्श केन्द्र, मन्टेश्वरी/पूर्व प्राथमिक विद्यालय, ट्युसन/कोचिङ् सेन्टर दर्ता सञ्चालन सम्बन्धी कार्यविधि, २०८०
    ११) संस्थागत विद्यालयको स्तरीकरण, शुल्क निर्धारण तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८०
    १२) सुन्दर विद्यालय आयोजना सञ्चालन कार्यविधि, २०८०
    १३) शिक्षा नियमावली, २०८०
    १४) बाल अधिकार प्रवर्धन तथा बाल संरक्षण सम्बन्धी कार्यविधि, २०८०
    १५) अनुसन्धान तथा अन्वेषण केन्द्र सञ्चालन कार्यविधि, २०८०
    १६) काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन कार्यक्रम सञ्चालन कार्यविधि, २०८०
    १७) काठमाडौँ महानगरपालिका लेखा समिति कार्य सञ्चालन निर्देशिका, २०८०
    १८) सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन कार्यविधि, २०८०
    १९) कर्मचारी स्वेच्छिक अवकाश कार्यविधि, २०८०
    २०) उपभोक्ता समितिको गठन व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८०
    २१) पार्क व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०८०

    महानगरपालिकाको कार्यपालिकाले यति धेरै संख्यामा कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको यो पहिलो पटक हो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा
    २१ घण्टा अघि

  • २

    सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने
    १ दिन अघि

  • ३

    शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था
    १ दिन अघि

  • ४

    महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता
    १ दिन अघि

  • ५

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज
    १ दिन अघि

  • ६

    कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध
    २ दिन अघि

  • ७

    कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए
    २ दिन अघि

  • ८

    नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित
    २ दिन अघि

  • ९

    बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ
    २ दिन अघि

  • १०

    उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा
    २

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

    नेपाल नक्सा
    ३

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

    नेपाल नक्सा
    ४

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

    नेपाल नक्सा
    ५

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ६

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution