
काठमाडौँ, १९ असोज । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजा शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा शब्द प्रयोग गरेको प्रति आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।
दाहालले राजा शब्दलाई संविधानले नचिन्ने भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे ।
‘सम्मानित सदनमा एकजना माननीय ज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो । नेपालको संविधानले राजा चिन्दैन । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु,’ उनले भने ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे