
काठमाडौँ, असोज १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबैलाई मिल्न आग्रह गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत लामिछानेले चार वर्ष मिलेर काम गर्न र त्यसपछि २०८४ को चुनावमा आफूलाई राजनीतिबाट विस्थापन गराइदिन आग्रह गरेका हुन् ।
उनले यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा।
तर मिशन ८४ भनेर तपाईंहरुले भनेको त फिटिक्कै नसुहाएको बताएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे