
काठमाडौं, ७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म हात नपरेको बताएका छन् ।
एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आइतबार भएको बिदाइ कार्यक्रमपछि बोल्दै कप्तान रोहितले यस्तो बताएका हुन् ।
चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९ भदौमा बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरुको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका थिए ।
तर पनि अहिलेसम्म पुरस्कार रकम हात नपरेको कप्तान पौडेलले बताए ।
उनले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौं । हेरौं के हुन्छ ।’
पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको रकम थपिँदै प्रतिव्यक्ति १७ लाख पुगिसक्दा पनि खेलाडीले पाउन सकेका छैनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे