
हेटौँडा, भदौ २९ | हेटौँडा अस्पताललगायतका स्वास्थ्य संस्थाहरूको सेवा शुक्रबार बिहानबाट बन्द गरिएको छ । चिकित्सकहरूमाथि दुर्व्यवहार भएको घटनालाई लिएर सेवा बन्द गरेको जनाएको छ ।चिकित्सक कुटपिट प्रकरण पछि हेटौँडा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले एकैपटक मेडिकल सुप्रिटेन्डेन्ट डा.रामचन्द्र सापकोटालाई राजीनामा बुझाएका हुन्।
गत साउन २५ गते उक्त अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण भएको थियो ।
उनीहरुमाथि कुटपिटको विषयमा मृतककै परिवारका सदस्यद्वय अनुप प्रधान र रोहित प्रधानविरुद्ध किटानी जाहेरी दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालयमा प्रवक्तासमेत रहेका डीएसपी लक्ष्मी भण्डारीले दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जानकारी दिए ।
डुङ्गेको लक्षण देखिएर सन्चो अस्पतालमा उपचारका लागि आएका हेटौँडा उपमहानगरपालिका १२ का राजेश प्रधानको चितवनस्थित अस्पतालमा उपचारको क्रममा गत साउन २५ गते मृत्यु भएको थियो । डाक्टर र अस्पतालको लापरबाहीले प्रधानको मृत्यु भएको भन्दै उनका आफन्तले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे