
काठमाडौँ, १७ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेका छन्।
एसिया कपमा नेपाल–भारत खेल हेर्न र खेलाडीहरुलाई हौसला दिन लामिछाने श्रीलंकातर्फ प्रस्थान गरेका हुन्। उनको साथमा पत्नी निकिता पौडेल र सहयोगी दीपक बोहरा रहेका छन्।
सोमबार नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै छ। विजेता टीम दोस्रो चरणमा पुग्नेछ।
यो खेल श्रीलंकाको पेल्लेकले अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार २ः४५ बजेपछि सुरु हुने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे