
काठमाडौँ , १५ भाद्र | आज शुक्रबारदेखि तातोपानी नाका खुलेको छ ।गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।
२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन । लामो समयपछि मानव आवतजावतको लागि तातोपानी नाका खुलेको छ ।
आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटासहित स्थानिय बासिन्दा चिनियाँ क्षेत्र प्रवेश गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे